गाेरखा । पूर्वी पाल्पाको निस्दी गाउँपालिका स्थित मित्याल अरुण खोला सडक अन्तर्गत निस्दी ४ मित्यालमा जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै ज्यान गएको छ ।
पाल्पाको मित्याल देखि नवलपुर जिल्लाको लागि छुटेको लु १ ज ३९०८ नम्बर को फोर्स जिप दुर्घटना भएको इलाका प्रहरी कार्यालय रामपुर पाल्पाले जनाएको हाे ।
उक्त सडकको चिउरेबास पहिलो घुम्ती नजिक एकल फुक्सी भन्ने ठाउँमा रोकेर मान्छे झार्ने क्रममा झन्डै ६०० मिटर तल खोल्सामा जिप खसेको प्रहरीले जानकारी दिएकाे छ ।
उक्त जिपमा के, कति जना यात्रु सवार थिए भन्ने यकिन भएकाे छैन । दुघटना स्थलबाट अहिलेसम्म ५ जना घाइतेलाई भने उद्धार गरी रामपुर अस्पताल पठाइएको छ । घाइतेको स्थानीय र मित्याल प्रहरी चौकीबाट खटिएको टोलीले उद्धार जारी राखेका छन् ।
दुर्घटना भएको स्थल आग्लो भिर भएकोले उद्धारमा कठिनाइ भएको छ ।
घटनाको बारेमा थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय रामपुरबाट प्रहरी निरीक्षकको कमान्डमा थप टोली खटिएको छ । दुर्घटनामा ज्यान गुमाएका ३ जनाको भने परिचय खुल्न सकेको छैन ।




















