गाेरखा । नेकपा एमालेको ११औं महाधिवेशनमा विद्युतीय माध्यमबाट मतदान हुने निश्चित भएको छ ।
एमालेले यस अघि १०औं महाधिवेशनमा पनि विद्युतीय मतदान गरेको थियो । यसपटक पनि विद्युतीय माध्यमबाट नै मतदान हुने निश्चित भएकाे हाे ।
एमालेका एक नेताले निर्वाचन टोलीले आवश्यक भोटिङ मेसिन बुक गर्ने, प्रतिनिधिहरूको नाम इन्ट्री गर्ने काम सुरु गरिसकेको जनाएकाे छ ।
वैधानिक व्यवस्था अनुसारको पदीय संरचना (कुन पदमा कति जना निर्वाचित हुने) भन्ने काम सुरु भइसकेको छ ।



