गाेरखा । आज देशैभरको मौसम आंशिक बदली छ । आकाश केही धुम्मिएको छ । हिजो बेलुकादेखि देशैभर पश्चिम वायुको आंशिक प्रभाव छ । जसले गर्दा सबैजसो ठाउँमा केही मात्रामा बादल लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम आंशिक बदली भए पनि दिउँसो कतै पनि पानी पर्ने सम्भावना नरहेको महाशाखाले जनाएकाे छ । बेलुकापछि मौसम केही फेरबदल हुन सक्ने सम्भावना छ । आज राति गण्डकीको हिमाली भागको केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै कोशी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भागमा आंशिक बदली हुन सक्ने अनुमान छ ।




















