गाेरखा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट मधेश प्रदेश सांसद भनेकी कञ्चन बिच्छा पदमुक्त भएकी छिन् ।
मधेश प्रदेशसभाले हिजाे निकालेको सूचनामा उनीलाई सांसदबाट हटाएको उल्लेख गरेकाे हाे ।
पार्टीको नीति विपरीत अनुशासन उल्लङ्घन गरेको भन्दै गएको १२ गते बसेको राप्रपाको बैठकले बिच्छालाई हटाउने निर्णय गरेको थियो । उनी प्रदेशको महिलातर्फ समानुपातिक सांसद थिइन ।
पार्टीको नीति विपरीत मन्त्री बनेको भन्दै उनीलाई प्रदेशसभा सदस्यबाट फिर्ता गर्ने राप्रपा केन्द्रीय कार्यसम्पादन समितिले निर्णय गरेको थियो ।




