गाेरखा । अहिले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली छ ।
देशका अरु बाँकी भागमा मौसम मुख्यतया सफा नै रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बिहान आंशिक बदली रहेको क्षेत्रमा दिउँसो मौसम खुल्ने र आज दिउँसो हिमाली भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ ।
आजराति देशभरको मौसम मुख्यतया सफा नै रहने अनुमान छ ।



