गाेरखा । आज गण्डकी र कर्णाली प्रदेशको उच्चपहाडी तथा हिमाली क्षेत्रमा मौसम आंशिक बदली छ । दिउँसो कोशी प्रदेशको पहाडी तथा हिमाली भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज पनि देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने अनुमान छ ।
यसैबीच आज बिहान पौने ६ बजे काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस मापन भएको छ । हिजो बिहान पनि काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस रहेकोमा पछि पौने ९ बजे थप घटेर ६ दशमलव ५ डिग्री सेल्सियस मापन भएको थियो । काठमाण्डौ उपत्यकासहित देशका अरू ठाउँमा पनि चिसो बढ्दै गएको छ ।



