एजेन्सी । श्रीलंकामा लगातारको वर्षाका कारण आएको बाढी र पहिरोका कारण कम्तीमा ५६ जनाको ज्यान गएको छ भने २१ जना अझै हराइरहेका छन् ।
बीबीसीले जनाए अनुसार १ हप्तादेखि ठूलो पानी पर्दा मानवीय तथा भौतिक क्षति पुर्याएको हाे ।
हालैका वर्षहरूमा देखिएका मौसमसम्बन्धी विपत्तिहरूमध्ये यो सबैभन्दा ठूलो मध्ये एक मानिएको छ । श्रीलंकाको डिजास्टर म्यानेजमेन्ट सेन्टर (विपद् व्यवस्थापन केन्द्र) का अनुसार, चिया बगान क्षेत्रका लागि प्रसिद्ध बदुल्ला जिल्लामा गएराति गएको पहिरोमा मात्र २१ जनाको ज्यान गएको पुष्टि भएको छ ।
प्रभावित परिवारहरूलाई सुरक्षित ठाउँमा सारेर अस्थायी शिविरहरू स्थापना गरिएको अधिकारीहरूले बताएका छन् । यसैबीच, आज पनि त्यहाँको मौसम विभागले खराब अवस्था रहेको भन्दै सतर्क हुन चेतावनी दिएको छ ।



