गाेरखा । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो सचिवालय तथा विज्ञ समूहको आकार घटाउने निर्णय गरेकी छिन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता हेमराज अर्यालको विज्ञप्तिअनुसार अब सचिवालयमा ६ जना मात्र रहनेछन् ।
सचिवालयमा मुख्य सल्लाहकार, जनसम्पर्क सल्लाहकार, प्रमुख स्वकीय सचिव, प्रेस संयोजक, स्वकीय शाखा अधिकृत (फोटोग्राफर) र जनस्वास्थ्यविज्ञ (अवैतनिक)मा १-१ जना गरी जम्मा ६ जना मात्र कायम राखिएको विज्ञप्तिमा उल्लेख छ ।
बाँकी सबै नियुक्ति प्रधानमन्त्री कार्कीले आजदेखि लागू हुनेगरी खारेज गरेकाे बिज्ञप्तीमा भनिएकाे छ । यस अनुसार प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठ कायम रहेका छन् भने श्रीमती संगीता श्रेष्ठलाई हटाएको छ ।
प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श श्रेष्ठले श्रीमती संगीतालाई सचिवालयमा नियुक्ति गरेको सार्वजनिक भएपछि प्रधानमन्त्री कार्की विवादमा परेकी थिइन ।
प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि २०७४ (एघारौँ संशोधन २०८१) अनुसार प्रधानमन्त्रीको सचिवालयमा विभिन्न पदका ६६ जनाको दरबन्दी कायम रहेको छ ।




