गाेरखा । विश्व प्रसिद्ध टाइम म्यागेजिनले सार्वजनिक गरेको सन् २०२५ का उत्कृष्ट १०० तस्वीरमा नेपालका २ वटा तस्वीर समेत समावेस गरिएकाे छ ।
‘टाइम्स टप १०० फोटोज अफ २०२५’ शीर्षकमा प्रकाशित १०० वटा तस्वीरको सूचीमा एपीका लागि कुङा शेर्पाले खिचेकाे सगरमाथामा आरोहीहरुको भीडको तस्वीर र एएफपीका लागि प्रवीण रानाभाटले खिचेको नेपालको प्रमुख प्रशासनिक भवन सिंहदरबार जल्दै गरेको तस्वीर परेका हुन् ।
गएको भदौ २४ गतेको आगजनीका क्रममा सिंहदरबारको र मे १८ मा आरोहण चलिरहँदा सगरमाथाको फोटो खिचिएका हुन् ।




















