×
मङ्गलबार, भदौ ३०, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
  • ८ घण्टा अघि

आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
  • १० घण्टा अघि

सुन ताेलामा ११ सयले घट्याे
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
  • १ दिन अघि

शुख्खा पहिरोले अबरुद्ध गाेरखा-आरुघाट सडक सुचारु
  • २ दिन अघि

गाेरखाकाे पालुङटारमा अटाे दुर्घटना : ४ जना घाईते
  • २ दिन अघि

गण्डकी प्रदेशको पर्यटन प्रबर्द्धन गर्न पोखरामा पर्यटन फोटो पत्रकारिता तालिम सुरु

  •  गोरखा समाचार
  • बुधबार, मङि्सर १०, २०८२ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ
    https://www.gorkhasamachar.com/wp-content/uploads/2025/11/Photo_Patrakarita_Talim_Pokhara_NEWS.wav

    गाेरखा । नेपालको पर्यटन राजधानीका रुपमा चिनिने पोखरामा पर्यटन फोटो पत्रकारिता तालिम सुरु भएको छ । नेपाल पर्यटन बोर्ड (एनटीबी) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को संयुक्त पहलमा सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी) ले राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) र नेपाल पत्रकार महासंघ कास्कीसँगको सहकार्यमा ३ दिने प्रशिक्षण सञ्चालन गरिरहेको हाे ।

    तालिमको उद्घाटन सत्रमा शुभकामना व्यक्त गर्दै नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक तथा गण्डकी प्रदेश कार्यालय प्रमुख मणिराज लामिछानेले क्यामेराको लेन्सबाट गण्डकीका गन्तव्यहरुको प्रबर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उल्लेख गर्दै तालिम सहभागी पत्रकारालाई नेपालको पर्यटकीय राजधानी पोखरामा स्वागत गरेका छन् ।

    उनले थपे,“एक उत्कृष्ट तस्बिरले हजार शब्द बयान गर्नसक्छ । पर्यटन प्रवर्द्धनमा तस्बिरको भूमिका अविश्वसनीय छ । हामीले अहिले पोखरा जति सुन्दर भनेर मानिसहरु घुम्न आइरहनुभएको छ, यहाँसम्म पर्यटक ल्याउन पत्रकार र पत्रकारहरुले खिचेका तस्बिरहरुको महत्वपूर्ण योगदान छ । त्यसैले क्यामेराको लेन्समार्फत यहाँको कथा संसारलाई सुनाउनु आजको आवश्यकता हो ।”

    बोर्डको गण्डकी प्रदेश कार्यालय प्रमुख लामिछानले यूएनडीपीले विगतदेखि नै नेपालको दिगो पर्यटन विकासका लागि सहकार्य गरिरहेको समेत उल्लेख गरेका छन् । उनले पर्यटन बोर्डले पत्रकारको क्षमता अभिवृद्धि, मल्टिमिडिया प्रमोशन र गन्तव्य–केन्द्रित डिजिटल अभिलेखनलाई आगामी कार्यक्रमको प्राथमिकतामा राखेको समेत बताएका छन् ।

    त्यसैगरी यूएनडीपी गण्डकी तथा लुम्बिनी प्रदेश कार्यालय प्रमुख सुदिप अर्यालले पर्यटनका सम्भावनाहरू पहाडदेखि हिमालसम्म फैलिएको भन्दै पत्रकारको भूमिका अझ निर्णायक बन्दै गएको बताए । उनले भने, “पर्यटनको अथाह सम्भावना उजागर गर्ने सबैभन्दा प्रभावकारी माध्यम मिडिया नै हो । क्यामेराको लेन्समा कैद गरिएका पर्यटन कथाहरु ग्लोकलदेखि ग्लोबल बजारसम्म पुर्‍याउने काम मिडियाले गर्दै आएको छ । तीनदिने यो तालिम पत्रकारका लागि अत्यन्तै फलदायी हुने हाम्रो विश्‍वास छ ।”

    अर्यालले बोर्ड र यूएनडिपीको दिगो पर्यटन परियोजनाले पीपुल, प्लानेछ, पिस, पोरेसपेरिटी र पार्टनसिप मोडलमा समुदाय, प्रकृति र बजारलाई जोडेर दीगो पर्यटन विकासका गतिविधि अघि बढाइरहेको उल्लेख गरेका छन् । उनले थपे, “समाजमा पर्यटनसम्बन्धी सकारात्मक सन्देशलाई अझ मजबुत बनाउने जिम्मा आजका पत्रकारको कलम र क्यामेरामा छ ।”

    राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) का अध्यक्ष प्रदीपराज वन्तले फोटो पत्रकारितालाई पर्यटन प्रवर्द्धनको मेरुदण्डको रूपमा व्याख्या गरेका छन् । उनले भने, “सिकाइ कहिल्यै अन्त्य हुँदैन । तपाईंले आज पोखरा, अन्नपूर्ण र गण्डकीका कथा जसरी क्यामेरामा उतार्नुहुन्छ, तीनै तस्बिरहरूले नेपाललाई विश्व पर्यटन मानचित्रमा अझ बलियो रुपमा पर्यटकीय गन्तव्यको रुपमा प्रस्तुत गर्नेछ ।”

    दीगो पर्यटन परियोजना प्रबन्धक धर्मराज दवाडीले यो प्रशिक्षण कार्यक्रम गण्डकी प्रदेशका ओझेलमा पर्यटकीय गन्तव्य, भाषा, संस्कृती र प्रकृतीका कथालाई थप प्रभावकारी ढंगले प्रस्तुत गर्न सहयोगी हुने हामीले विश्वास लिएका छौं । उनले भने, “दीगो पर्यटन परियोजनाले कञ्‍चनजंघा, मनास्लु र अपि पदमार्गहरुको प्रबर्द्धनका लागि काम गरिरहेको छ । यस क्षेत्रका पर्यटकीय सम्भावना उजागर गर्न मिडियाको महत्वपूर्ण भूमिका हुने भएकोले पत्रकारहरुलाई पर्यटन र फोटो सम्बन्धी तालिम दिन लागिएको हो । यो तालिमले आगामी दिनमा पर्यटनसम्बन्धी समाचारहरुले प्राथमिकता पाउने हाम्रो विश्‍वास छ ।”

    नेपाल पर्यटन बोर्डका सञ्चार परामर्शदाता दिलिप प्रकाश कार्कीले बोर्डको उद्देश्य, पर्यटन पत्रकारिताको आधारभूत प्रक्रिया र प्रभावकारिताबारे प्रशिक्षण दिएका हुन् । तालिमका क्रममा प्रशिक्षक वन्तले फोटो पत्रकारिताको इतिहास, फोटो खिच्दा आवश्यक प्राविधिक ज्ञान र सिपलगायतका विषयमा जानकारी गराएका छन् । त्यसैगरी अर्का प्रशिक्षक प्रकाशचन्द्र तिमिल्सेनाले फोटो फिचर कसरी तयार गर्ने, तस्बिर कथाको महत्वलगायतका विषयमा प्रशिक्षण दिएका हुन् ।

    प्रशिक्षणका क्रममा दोस्रो दिन तस्बिर कथाको व्यवहारिक पक्षबारे ज्ञान दिनुका साथै फिल्ड भिजिट गराइने भएको छ । प्रशिक्षणमा गण्डकी प्रदेशका कास्की, बागलुङ, पर्वत, स्याङ्जा, गोरखा, तनहुँ, लमजुङलगायतका विभिन्न जिल्लाबाट आएका करीब ३० जना पत्रकार सहभागी छन् । यस प्रशिक्षणले गण्डकी प्रदेशका नयाँ गन्तव्यहरुको पर्यटन प्रवर्द्धन, दृश्य अभिलेखन, गन्तव्य ब्रान्डिङ र स्थानीय पर्यटनमा टेवा पुग्‍ने विश्वास गरिएको छ ।

    लेखकबाट थप:

    • साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    • आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना
    • सुन ताेलामा ११ सयले घट्याे

    बुधबार, मङि्सर १०, २०८२ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)
    आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साताकाे तेस्राे दिन पनि सुन चाँदिकाे मूल्य घट्याे (कतीमा काराेबार हुदै छ)

    • २. आजदेखि मुस्ताङकाे घरपझोङमा जलवायु सम्मेलन हुदै

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : ३ प्रदेशमा भारी वर्षाको सम्भावना

    • ५. सुन ताेलामा ११ सयले घट्याे

    • ६. नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ७. आजकाे माैसम : देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • ३. गाेरखा आउदै गरेकाे र काठमाडाैं जादै गरेकाे बस ठाेकियाे, ५ जना घाईते (नाम सहित)

    • ४. सुन ताेलामा ३ हजारले घट्याे

    • ५. जेनजी सहिद र रसुवा बाढीमा मृत्यु भएकाकाे सम्झनामा दिप प्रज्वलन

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.