गाेरखा । आज देशैभर चिसो बढेको छ । संघिय राजधानी काठमाडाैंमा आज बिहानको न्यूनतम तापक्रम ७.४ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हिजोको काठमाडाैंकाे न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस थियो ।
आज देशैभर अहिले कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नभएको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार दिउँसो कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।



