गाेरखा । देशैभर चिसाे बढ्ने क्रमजारी रहेकाे छ । काठमाडाैं उपत्यकामा हिजोभन्दा आज चिसो थप बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे हाे ।
उता चिकित्सकहरुका अनुसार चिसो क्रमशः बढ्दो क्रममा रहेकाले त्यसैअनुसार स्वास्थ्य सावधानी र आवश्यक तयारी गर्न आग्रह गरिएको छ ।
चिसोले रुघाखोकी, निमोनिया, ज्वरो, मुटु रोग, हृदयघात, श्वासप्रश्वासको समस्या हुन सक्ने पनि चिकित्सकहरुले जनाएकाे छ । विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक र दिर्घरोगीले स्वास्थ्यको ख्याल गर्नुपर्ने हुन्छ । न्यानो भएर बस्न, तातो झोलिलो खानेकुरा खान डाक्टरको सल्लाह छ ।
अहिले देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको महाशाखाले जनाएको छ । कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ ।




















