एजेन्सी । जापानको दक्षिणी शहर ओइटाको सागानोसेकी क्षेत्रमा भिषण आगलागी भएकाे छ । अस्ति बेलुकी शुरू भएको आगलागीले १७० भन्दा धेरै भवन जलेर नष्ट भएका छन् ।
आगलागीमा परी १ जनाको ज्यान गएको र १ महिला घाइते भएको समाचार संस्था रोयटर्सले जनाएको छ ।
आगो तीव्र हावाका कारण जंगल र नजिकैको निर्जन टापुसम्म फैलिएको छ । झन्डै ७ वटा खेलमैदान बराबर क्षेत्र जलेको र मानिसहरुलाई सुरक्षित ठाउँमा सारिएको छ । झन्डै ३०० घरमा विजुली काटिएको छ ।
प्रधानमन्त्री साने ताकाइचीले पीडितहरूप्रति संवेदना व्यक्त गर्दै सरकारले पूर्ण सहयोग गर्ने बताएका छन् । आगलागीको कारणबारे अनुसन्धान भइरहेको खबरमा उल्लेख छ ।



