गाेरखा । नेपाली कांग्रेसको गण्डकी प्रदेश समितिले चुनावअघि नियमित हुन नसके विशेष महाधिवशेनमा जानुपर्ने निर्णय गरेको छ । चुनावअघि नियमित महाधिवेशन गर्न नसके विशेष महाधिवेशन गर्ने निर्णय भएकाे महामन्त्री किरणबावु श्रेष्ठले बताए ।
गएकाे शनिबार बसेको प्रदेश समितिले गरेका निर्णयहरू कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पठाइएको पनि उनले जानकारी दिएकाे छ ।
प्रदेश भेलाले गरेको निर्णयको पाँचौं बुँदामा भनिएको छ, ‘यदि कुनै कारणवश नियमित महाधिवेशन गर्न नसकिने अवस्था भएको हो भने पार्टी विधान बमोजिम ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर सहित माग भएको विशेष महाधिवेशन यही मंसिर मसान्तभित्र अनिवार्य सम्पन्न गरी निकास दिनुपदर्छ भन्ने यो भेला ठहर गर्दै र केन्द्रीय कार्यसमितिमा पठाउने निर्णय गर्दछ ।’
२८ असोजदेखि बस्न सुरु गरेको केन्द्रीय समितिको बैठकले महाधिवेशनका विषयमा हालसम्म निर्णय गर्न नसकेकोप्रति प्रदेश भेलाले चिन्ता समेत व्यक्त गरेको छ ।



