गाेरखा । आन्दाेलनका क्रममा जिउदै जलाएर मारिएका पत्रकार सुरेश रजककी श्रीमती सुजन मगियालाई सरकारले रोजगारी प्रदान गरेकाे छ । सुजनलाई सुरक्षण मुद्रण कोषमा रोजगारी दिइएको हो।
सञ्चारमन्त्री जगदीश खरेलको उपस्थितिमा कोषका कार्यकारी निर्देशक देवराज ढुंगानाले उनलाई करार सेवामा काम गर्नेगरी कम्प्युटर अधिकृतको नियुक्ति प्रदान गरिएकाे छ । सो क्रममा उनी भावुक बनेकी थिइन् ।
पत्रकार रजकको २०८१ चैत १५ मा तीनकुनेमा भएको आन्दोलनमा जिउदै जलाएर मारिएका थिए ।



