गाेरखा । केहीदिन यतादेखी देशैभर चिसो बढेको छ । काठमाडाैंमा आजको न्युनतम तापक्रम ९ डिग्रीभन्दा तल झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार काठमाडाैंमा आज बिहानको तापक्रम ८.९ डिग्री सेल्सियससम्म झरेको थियो ।
देशका अरु ठाउँमा पनि चिसो बढेको छ । हिमाली र उच्च पहाडी भेगको न्यूनतम तापक्रम माइनसमा पुगेको छ । आज देशभरको मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।



