साँकेतिक तस्बिर
दाङ । दाङमा आफ्नै श्रीमतीकाे हत्या आराेपमा प्रहरीले १ जना युवकलाई पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-१८ गिठेपानीस्थित पुस्तक पसल गरी बस्ने रोल्पा परिवर्तन गाउँपालिका-१ घर भएका २३ वर्षीय सन्जु सुनार भएकाे दाङ प्रहरीले पुष्टी गरेकाे हाे ।
पक्राउ परेकाे युवकले आफ्नै २५ वर्षीया श्रीमती सिता सुनारको हत्या गरेको आराेपमा प्रहरीले पक्राउ गरेको जनाएकाे छ ।
सन्जुले सितासंगकाे सामान्य विवादका कारण हत्या गरेको भनि वडा प्रहरी कार्यालय घोराहीमा जानकारी गराउनासाथ प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएकाे छ ।
प्रहरीले घटनाकाे आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।



