हेटाैडा । मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका– १ बुङदलमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ ।
ज्यान हुनेमा हेटौंडा उपमहानगरपालिका-२ चौकीटोलका ३९ वर्षीय वीरबहादुर गुरुङ र पूर्वनवलपरासीको कावासेती–१३ घर भई हेटौंडा–२ चौकीटोल डेरागरी बस्ने ३५ वर्षीय चन्द्रबहादुर गुरुङ भएकाे मकवानपुर प्रहरीले पुष्टी गरेकाे हाे ।
बा.प्र.०३–००५ प ७९८० नम्बरको मोटरसाइकल मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका–१ को सिमाना पर्ने बुङ्दल खोलाको पुलबाट करिब ५० मिटर तल खसेको अवस्थामा फेला परेकाे प्रहरीले जनाएकाे छ ।
आइतबार बिहान स्थानीयले खोलामा मोटरसाइकल र अचेत अवस्थाका २ जनालाई देखेपछि प्रहरीलाई खबर गरेको थिए ।



