गाेरखा । आज बागमती, कोशी र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भागमा मौसम आंशिक बदली हुने अनुमान गरिएकाे छ । तर पानी पर्ने सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यस्तै आजै तराईका थोरै ठाउँमा हुस्सु लागेको महाशाखाले जनाएकाे छ । देशका अरू बाँकी भागमा मौसम मुख्यतया सफा नै रहेको महाशाखाले जनाएको छ । देशभर तापक्रम घट्न थालेसँगै चिसो बढन थालेको छ ।




















