साँकेतिक तस्बिर
गाेरखा । धनुषाको मिथिला बिहारी नगरपालिका–९ का वडाध्यक्ष विन्देश्वर यादवको गाेली हानी हत्या गर्ने प्रहरी जवान शम्भु यादव पक्राउ परेका छन् ।
हिजाे भोज खाने विषयमा विवाद हुँदा प्रहरी जवान यादवले वडाध्यक्ष यादवमाथि गोली प्रहार गरेको प्रहरी नायब उपरीक्षक गणेश बमले जानकारी दिए ।
घटनामा अन्य केही व्यक्तिहरु समेत घाइते भएकाे उनले बताए । घाइतेहरुको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ ।
वडाध्यक्षमाथी गोली प्रहार गर्ने यादव धनुषा प्रहरीमा कार्यरत रहेकाे पुष्टी भएकाे छ । घटनाकाे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बमले जानकारी दिए ।




















