गाेरखा । राजधानीको सोह्रखुट्टेमा म्यारिज ब्युरो सञ्चालन गरेको आरोपमा ४ जना चिनियाँ नागरिकलाई अध्यागमन विभागको टोलीले पक्राउ गरेकाे छ ।
व्यवसायसम्बन्धीको भिसा लिएर आएका उनीहरूले म्यारिज ब्युरो चलाएको भन्ने विशेष सूचनाका आधारमा खटिएको विभागको टोलीले उनीहरूलाई पक्राउ गरेकाे हाे ।
अहिले हिरासतमा राखेर अनुसन्धान सुरु गरेकाे विभागले जनाएकाे छ ।उनीहरूले गरिब तथा विपन्न परिवार र विकट क्षेत्रका युवतीहरूलाई चिनियाँ नागरिकसँग बिहे गराउने गरेको भन्ने सूचना प्राप्त भएको र त्यस विषयमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जानकारी दिएकाे छ ।
उनीहरूले विवाहका लागि केही महिलाहरूलाई चीनसमेत पठाइसकेको खुल्न आएको छ । पक्राउ पर्नेमा १ महिला र ३ पुरुष रहेको छ ।



