गाेरखा । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा अबेर राती स्वदेश फर्किएका छन् । उनी संगै उनका पत्नी डा. आरजु राणा देउवा समेत स्वदेश फर्किएका छन् ।
उनीहरु हिजो बेलुका सिङ्गापुरमा थप उपचारपछि स्वदेश फर्किएका हुन् । देउवा दम्पत्तिलाई त्रिभुवन विमानस्थलमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का सहितकाे टाेलीले स्वागत गरेका थिए ।
गएको भदौ २४ गतेको जेन–जी प्रदर्शनका क्रममा आफ्नै निवास बुढानिलकण्ठमा कुटपिटबाट उनीहरु घाइते भएका थिए । नेपालमा नै लामाे समय उपचारपछी देउवा दम्पत्ति गएको कात्तिक १० गते थप उपचारका लागि सिङ्गापुर पुगेका थिए ।



