एजेन्सी । अमेरिकाले भारत, इरान, चीन, हङकङ, संयुक्त अरब इमिरेट्स (युएई), टर्की र अन्य क्षेत्रका ३२ संस्था र व्यक्तिहरूमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकी विदेश विभागले प्रेस विज्ञप्ति जारी गर्दै हालसम्म प्रतिबन्ध लगाएका मुलुकहरूबारे जानकारी गराएको हो ।
जसअनुसार, सेप्टेम्बर २७ मा संयुक्त राष्ट्र संघ (UN) ले इरानमाथि लगाएको प्रतिबन्ध पुन: लागू गर्ने समर्थनमा यो कारबाही गरिएको हो । आणविक कार्यक्रममा अन्तर्राष्ट्रिय सम्झौतापछि इरानमाथि लगाइएका प्रतिबन्धहरू हटाइएका थिए, तर यस वर्षको सेप्टेम्बरमा, १० वर्षपछि, संयुक्त राष्ट्रसंघले फेरि एक पटक व्यापक आर्थिक र सैन्य प्रतिबन्धहरू लगाएको छ ।
अमेरिकाले ती मुलुकहरूले इरानको ब्यालिस्टिक मिसाइल र ड्रोन (UAV) उत्पादनसँग जोडिएका आपूर्ति नेटवर्कहरू चलाउने गरेको बताएको छ । केहीले इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (IRGC) का लागि पनि काम गर्दै आएको उनको भनाइ छ ।
IRGC धार्मिक, राजनीतिक र आर्थिक मोर्चामा इरानको लडाईं गर्ने शक्ति हो । यसले घरेलु संकट र विदेशी खतराहरूको सामना गर्दा इस्लामिक राष्ट्रको हितको रक्षा गर्दछ ।



