राजु लामा-दोहा/ कतार । कतारमा रहेको नेपाली राजदुतावासले सूचना जारी गर्दै सेवा लिन आउदा कार्यलय समयमा मात्र आउन आग्रह गरेकाे छ ।
सेवाग्रहीहरु बिहान ५ बजे देखि नै दुताबासमा भेला भई अनावश्यक भिडभाड गर्न थालेपछी सूचना जारी गर्दै कार्यालय समयमा मात्र आउन भनेकाे हाे ।
बिहानैदेखी हुने भिड र लामो समयसम्म हुने सवारी पार्किङले काममा बाधा पुगेपछी दुताबासले सूचना जारी गरेर कार्यालय समयमा आउन भनेकाे एक कर्मचारीले बताए ।
राजदुतावासमा लाग्ने भिडका कारण वरिपरका छिमेकी समेतकाे गुनासाे आएकाे उनले बताए । नेपाली दुतावास रहेकाे क्षेत्रमा कतारका स्थनिय कतारि नागरिक तथा अन्य विदेशि नागरिकहरूको बाक्लाे बसोवास रहेको छ ।
राजदुतावासले जारी गरेकाे सूचनामा बिहानको ८ बजे भन्दा अगाडी नआन, हाेहल्ला नगर्न तथा सवारी साधन लामो समयसम्म खुल्ला स्थानमा पार्किङ नगर्न भनेकाे छ ।



