काठमाडौं । नेपाल स्काउटको लैनचौरस्थित जग्गामा बनेको संरचनामा काठमाडौं महानगरले डोजर चलाएको छ ।
पूर्वऊर्जमन्त्री एवं कांग्रेस नेता दीपक खड्काको कम्पनीले भोगचलन गरिरहेको संरचनामा डोजर चलाइएको हो ।
युवा तथा खेलकुद मन्त्रालयले यसअघि बहाल बक्यौता तिर्न ७ दिने अल्टिमेटसहितको सूचना निकालेको थियो ।
पछिल्लो ताकेताको म्याद सकिएसँगै ती संरचनामा डोजर चलाइएको हो ।
स्काउटले २०६५ सालमा भाडामा दिएको ३ रोपनी जग्गामा खड्का ल्याण्डले लैनचौर ब्याङ्क्वेट खोलेको छ ।




















