एजेन्सी । बंगलादेशको राजधानी ढाकामा बम विस्फोट भएको छ । भारत र पाकिस्तानकाे राजधानीपछि बंगलादेशकाे राजधानी ढाकामा बम बिस्फाेट भएकाे हाे ।
ढाकाकाे बिभिन्न स्थानमा बम विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । तर विस्फोटमा मानवीय क्षतिको विवरण प्राप्त भएकाे छैन ।
एसिया न्यूज नेटवर्क (एएनएन)का अनुसार मंगलबार ढाकाका धानमन्डी र गुलिस्तान क्षेत्रमा बम विष्फोट भएका थिए । जिल्ला अदालत भवन अगाडि रोकिएको प्रहरी भ्यानमा भएको विष्फोटमा २७ जना घाइते भएका छन् । यो आक्रमणको जिम्मा पाकिस्तानी तालिबान (टीटीपी)ले लिएको द डेली स्टारले जनाएको छ । यसले यस्ता आक्रमण जारी राख्ने जनाएको छ ।
धानमन्डीमा रहेको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसीटी) को अनुसन्धान एजेन्सी कार्यालय अगाडि मंगलबार बुलेकी स्थानीय समय अनुसार ८:०४ बजे अर्को विष्फोट भएको थियो । यसैगरी विस्फोट ८:५० बजे गुलिस्तानको जिरो प्वाइन्ट नजिकै पनि विष्फोट भएको थियो ।
प्रहरीका अनुसार दुवै घटनामा मोटरसाइकलमा आएका २ जनाले बम फालेर भागेका थिए । प्रहरीलाई उद्धृत गर्दै एएनएनले विस्फोटमा कुनै हताहत नभएको र विष्फोटमा संलग्न कोही पक्राउ पनि नपरेका उल्लेख गरेको छ ।
मानवीय क्षति नभए पनि विष्फोटबाट स्थानीय त्रासमा रहेका बंगलादेशका सञ्चारमाध्यमहरुले जनाएका छन् ।
विष्फोट गराइएका बमहरू क्रुड बम भएको बताइएको छ । क्रुड बम घरेलु तरिकाले बनाइएको साधारण विस्फोटक यन्त्र हो ।



