काठमाडाैं । आज देशैभरकाे माैसम सफा रहेकाे छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडाैं उपत्यकाको न्यूनतम तापक्रम १० डिग्री सेल्सियसमा झरेको छ ।
हिजो काठमाडाैंमा न्यूनतम तापक्रम १०.१ डिग्री सेल्सियस रहेको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव छैन ।
आज दिउँसो कोशी र वाग्मती प्रदेशका पहाडी भागमा आंशिक बदली रहने अनुमान छ । बाँकी सबैजसो ठाउँमा मौसम सफा रहने अनुमान छ ।



