काठमाडाैं । झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज नेपाल प्रहरीकाे नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लब खेल्दैछन् ।
यो खेल झापाको शिवसताक्षीमा रहेको दूधे रङ्गशालामा दिउँसो १ बजे शुरू हुने आयोजकले जनाएको छ ।
नेपाल पुलिस क्लबले सङ्कटा एफसीलाई र एपीएफले नेपाल आर्मीलाई हराउँदै फाइनल प्रवेश गरेका हुन् ।
प्रतियोगिताको विजेताले १० लाख १० हजार रुपैयाँ र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ पाउने आयोजकले जनाएको छ ।



