काठमाडौं । हङकङ सिक्सेस क्रिकेटमा नेपालले भारतलाई पराजित गरेको छ । प्रतियोगितामा भारतलाई नेपालले ९२ रनले पराजित गरेको हो ।
नेपालले दिएको १३७ रनको लक्ष्य पछ्याएको भारतले ३ ओभरमा सबै विकेट गुमाएर ४५ रन मात्र बनाएको हो । भारतका लागि भरत चिपली र प्रियांक पञ्चालले १२/१२ रन बनाए भने अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।
नेपालका लागि रशिद खानले ३ विकेट, बसिर अहमदले २ विकेट र रुपेश सिंहले १ विकेट लिए ।
त्यस अगाडि नेपालका लागि रशिद खानले सर्वाधिक ५५ रन बनाएका थिए । यसैगरी सन्दीप जोराले ४७ रन र लोकेश बमले ३१ रन बनाएका थिए । नेपालले विना विकेट १३७ रन बनाएको थियो ।


