लमजुङ । लमजुङमा गएराती भएकाे जीप दुर्घटनामा परी २ जनाको ज्यान गुमाएका छन् ।
मर्स्याङ्दी गाउँपालिका–३ मा गएराति बा ८ च ३७३१ नम्बरको जीप भएकाे थियाे । साेही दुर्घटनामा परी २ जनाको ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय लमजुङले पुष्टी गरेकाे हाे ।
ज्यान गुमाउनेमा जीपका चालक दोलखाको मेलुङ ४ का ३० वर्षीय विनोद खड्का र २५ वर्षीय पारस खड्का रहेकाे प्रहरीले जनाएकाे छ ।
जीपमा रहेका ताप्लेजुङको सिदीङ्वा गाउँपालिका–४ का २० वर्षीय उमेश लिम्बूको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।



