दार्चुला । जिल्लाको तवाघाट क्षेत्रलाई केन्द्रबिन्दु बनाएर बिहीबार राति १०ः४० मा भूकम्प गएको छ ।
भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४.१ म्याग्निच्युडको भूकम्प गएकाे हाे ।
भूकम्पले दार्चुला सहित भारत सीमालगायतका आसपासका क्षेत्रमा धक्का महसुस भएको थियो ।
भूकम्पबाट क्षति भए-नभएको बारेमा हालसम्म कुनै विवरण प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएकाे छ ।



