झापा । त्रिभुवन आर्मी क्लब झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । झापाको दुधे रङ्गशालामा हिजो भएको अन्तिम क्वाटरफाइनलमा आरएस पोखरा एफसीलाई ६–० गोलले हराउँदै आर्मी अन्तिम ४ मा पुगेको हो ।
यो जितसँगै सेमिफाइनल समिकरण पनि पूरा भएको छ । आर्मीका लागि विमला चौधरीले ह्याट्रिक तथा विमला बि.क., जेनिफर राना र सर्मिला थापाले समान १-१ गोल गरे । यो जितसँगै आर्मीले सेमिफाइनलमा अर्को विभागीय टोली एपीएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।
पहिलो सेमिफाइनल खेल आज सङ्कटा क्लब काठमाण्डौ र विभागीय टोली नेपाल पुलिस क्लबबीच हुनेछ । प्रतियोगिताको फाइनल खेल आउँदो २४ गते हुनेछ ।



