काठमाडाैं । आज देशका धेरै ठाउँमा मौसम सफा छ । देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार देशका धेरै ठाउँमा आज मौसम सामान्यतया सफा रहने छ ।
कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहने छ । यस्तै कोशी र गण्डकी प्रदेशका हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।




















