काठमाडाैं । माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टीसहितका विभिन्न ८ राजनैतिकदहरुले आज एकता घोषणा गर्दैछन् । राजधानीको भृकुटीमण्डमा उनीहरुले आज दिउँसो एकता घोषणा गर्न लागेका हुन् ।
एकता घोषणा सभालाई पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपालसहितका नेताहरूले सम्बोधन गर्ने तयारी छ । माओवादी केन्द्र, एकीकृत समाजवादीसहित आठ राजनीतिक दलले गएको आइतवार १८ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका थिए । उनीहरुले पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ (नेकपा) रहने जनाएका छन् ।
चुनाव चिह्न पाँचतारे तारा रहने भएको छ । तर एकतामा नजाने र असंतुष्ट यी दल र समूहका नेताहरु भने अलग्यै छलफल र अरु दलको शीर्ष नेतृत्वसँग छलफलमा जुटेका छन् । नेता झलनाथ खनालले एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग उनकै निवास भक्तपुरको गुन्डुमा पुगेर भेटवार्ता समेत गरेका थिए ।
माओवादी केन्द्र सहितका दलले एकता गर्ने निर्णयपछि एकीकृत समाजवादी सम्मानित नेता खनालसहितका नेताहरू असन्तुष्ट रहेका थिए ।



