काठमाणडाैं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय श्रृंखलामा नेपालले आज यूएईसँग खेल्दैछ । खेल आईसीसी एकेडेमीमा बिहान ११:१५ बजे शुरू हुनेछ ।
यूएईमा चलिरहेको त्रिदेशीय श्रृंखलामा नेपालको यो अन्तिम खेल हो । यूएई, नेपाल र अमेरिकाबीच श्रृंखला भएको हो ।
नेपाल यसअघि पहिलो खेलमा अमेरिकासँग १०६ रनले र अमेरिकासँगकै अर्को खेलमा ४ विकेटले पराजित भएको थियो भने यूएईसँगको खेलमा यसअघि ५ विकेटले पराजित भएको थियो । नेपाल १९ खेलमा १२ अङ्कसहित तालिकाको सातौँ स्थानमा छ ।
अमेरिका २३ खेलमा ३६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा र १९ खेलमा ८ अंकसहित यूएई अंक तालिकाको पुछारमा छ । आजको खेलपछि नेपाली टोली स्वदेश फर्कनेछ ।
तस्वीर : क्यान



