गाेरखा । राजधानीबाट भाग्दै गाेरखा आइपुगेका डाक्टर निकोलस भुषाललाई गाेरखा प्रहरीले पक्राउ गर्न सफल भएकाे छ ।
भुषाललाई गाेरखा नगरपालिका-८ काे रानीबनमा रहेकाे सरस्वती आश्रमबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक भरतबहादुर विकले बताए ।
भुषालका बारेमा केही कुरा बुझनु पर्ने भएकाेले उनलाई पक्राउ गरीएकाे उनले जानकारी दिए । हिजाे नै गाेरखा आएका उनलाई युवाहरुकाे केही समूहले आक्रमण गर्ने प्रयास समेत गरेका थिए ।
कुटपिट गर्न गएका समूहले डा.भुषालकाे समूह ठूलाे भएकाे देखे लगत्तै गाेरखा प्रहरीलाई खबर गरेका थिए । त्यस लगत्तै गाेरखा प्रहरीले उनलाई पक्राउ गर्न सफल भएकाे प्रहरी उपरीक्षक विकले बताए ।
सामाजिक सञ्जालमार्फत विभिन्न पार्टी र तिनका नेतालाई गाली गलाैच गरेका कारण यूवाहरुकाे समूहले आक्रमणकालागि उक्त क्षेत्रमा पुगेकाे एक युवकले बताए ।
उनले केही दिन अगाडी मात्रै पनि गृह मन्त्रीलाई मार्ने धम्की दिएका थिए । भुसाललाई केही बेर अगाडी मात्र काठमाडाैं पठाइएकाे छ ।



