मुग्लिन । मुग्लिन नजिकै सुक्खा पहिरोका कारण अवरुद्ध भएको पृथ्वीराजमार्ग अहिले दुईतर्फी सञ्चालनमा आएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, राजमार्ग अन्तर्गत इच्छाकामना–३, चुमखोला नजिक आइतबार राति करिब ९ बजेतिर पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो ।
सडक अवरुद्ध भए लगत्तै सवारी साधन राेकिदा यात्रुहरु समस्यामा परेका थिए । सडक विभागको उपकरण प्रयोग गरी पहिरो हटाइएपछि गए रातिदेखि नै सडक दुईतर्फी रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएकाे छ ।




















