काठमाडौं । अचानक मौसम आएकाे खराबीका कारण विभिन्न ३ विमानस्थलहरू बन्द भएका छन् ।
भरतपुर, सुर्खेत र तुम्लिङटार विमानस्थलमा शनिबार उडान स्थगित गरिएको हाे ।
बाक्लो बादलले हिमाल ढाकेपछि माउन्टेन फ्लाइटहरू पनि रद्द भएका छन् ।
आज पनि नेपालमा पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव देखिएको छ ।
कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणतयादेखि अधिकांश बदली भएको छ भने बाँकी प्रदेशमा आंशिक बदली छ भएको छ ।
बागमती प्रदेशका केही स्थानहरूमा तथा कोशी, मधेश, र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।



