गाेरखा । आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले आज अमेरिकासँग खेल्दैछ । दुबई अन्तर्राष्ट्रिय रंगशालामा बिहान सवा ११:१५ बजे नेपालले अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ ।
लिग-२ को जारी सिरिजमा नेपालले अमेरिकासँग दोस्रो खेल खेल्न लागेको हो । पहिलो खेलमा नेपाल १०६ रनले पराजित भएको थियो ।
२ साताअघि टी-२० मा सानदार प्रदर्शन गर्दै विश्वकपमा स्थान बनाएको नेपालको एकदिवसीयमा भने कमजोर देखिएको छ । जारी सिरिजको दोस्रो खेलमा पनि नेपाल युएईसँग पराजित भएको थियो ।
नेपालले आज खेल्न लागेको तेस्रो खेल हो । ५ नोभेम्बरमा फेरि युएईसँग खेलेपछि नेपाली टोली स्वदेश फर्कनेछ ।



