सोलुखुम्बु । सोलुखुम्बुको लुबुचेमा आज बिहान हेलिकोप्टर दुर्घटना भएको छ । अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना भएको हो ।
ल्याण्ड गर्ने क्रममा चिप्लिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय साेलुखुम्बुले जनाएकाे छ ।
प्रहरीका अनुसार हेलिकोप्टरमा पाइल मात्र थिए । पाइलटको शकुसल उद्धार गरिएको पनि प्रहरीले जानकारी दिएकाे छ ।
काठमाडौंबाट उद्धारका लागि आएको हेलिकोप्टर दुर्घटनामा परेकाे हो ।



