गोरखा । उत्तरी गोरखा पुगेका पर्यटकहरु हिमपात रोकिएपछी सदरमुकाम तर्फ फर्कन थालेका छन् ।
हिजो रातीदेखी मौसममा आएको परिवर्तन संगै उत्तरी गोरखाको अधिकांश स्थानमा हिउ परेको थियो ।
आज बिहानबाट हिउँ पर्न रोकिएपछी उत्तरी गोरखाका पुगेका स्वदेशी तथा विदेशी पर्यटकहरु फर्कन थालेको मनास्लु क्षेत्र संरक्षण आयोजना कार्यालयका प्रमुख सन्तोष शेरचनले जानकारी दिए ।
उनका अनुसार अहिले हिउँ पर्न छाडे लगत्तै धर्मशाला पुगेका पर्यटक साम्दो फर्किएका छन् भने साँम्दोका पर्यटकहरु सामागाँउबाट तल झर्न थालेका छन् । सामागाँउमा होटल खाली नभएपछी उनीहरु त्यहाँबाट तल झरेका हुन् ।
सञ्चार सम्र्पक नहुदा यता स्यालाबाट केही विदेशी पर्यटकको समूह भने सामागाँउ तर्फ गएको पनि उनले जानकारी दिए ।
सामागाँउमा अहिले पनी ६ ईन्चभन्दा बढी हिउँ जमेको सामागाउँमा रहेको मनास्लु संरक्षण क्षेत्र आयोजनाका कर्मचारीले जानकारी दिए ।
photo by NTNC-MCAP



