फाईल तस्बिर
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पती आज सिंगापुर जाने भएका छन् । आज राति ९ बजे देउवा पत्नि आरजु राणासहित थप उपचारका लागि सिंगापुर जान लागेका हुन् ।
जेनजी आन्दोलनको दोस्रोदिन ( भदौ २४ गते) बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि कुटपिट भएको थियो । सुरक्षाकर्मीले उद्धार गरेर देउवा दम्पतीलाई सेनाको सैनिक अस्पताल छाउनीमा पुर्याएको थिए ।
अस्पतालमा शेरबहादुर देउवाको टाउकोमा १२ वटा टाँका लगाइएको थियाे ।
जेनजी आन्दोलनपछि सार्वजनिक रूपमा नदेखिएका देउवा असोज २८ गते केन्द्रीय कार्यालयमा देखिएका थिए । देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति त्यही दिन तोकेका थिए ।



