काठमाडौं । गायक तथा संगितकार बाबुल गिरीविरुद्ध गायिका नितु पौडेलकाे परिवारले शुक्रबार प्रहरीमा जाहेरी दिएको छ ।
गत शनिबार गायिका पौडेले अनामनगरस्थित गिरीको स्टुडियोमा आत्मदाह प्रयास गरेकी थिइन् । गायिका पौडेलको उपचारका क्रममा शुक्रबार बिहान कीर्तिपुरको ‘वर्न अस्पताल’ मा निधन भएपछि उनको परिवारले गिरीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गराएको हो ।
गायिका पौडेलको परिवारले जोहरी दर्ता गराएको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले बताए ।
अहिले बाबुल गिरी प्रहरीकाे नियन्त्रणमा रहेकाे पनि उनले जानकारी दिए ।



