काठमाडाैं । भाइटीकाको दिन आज देशका धेरै ठाउँको मौसम सफा छ । तर पहाडी क्षेत्रकाे केही स्थानमा हल्का वर्षा र उच्च हिमाली क्षेत्रकाे केही स्थानमा हिमपातको सम्भावना छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र मधेश प्रदेशलगायत देशका बाँकी भागमा मौसम आंशिक बदली रहनेछ । देशभर उल्लेखनिय मौसमी प्रणालीको प्रभाव नरहेको तर पश्चिमी वायुको सामान्य प्रभावले बदली र छिटपुट वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यसैगरी आजराति सबै प्रदेशका पहाडी भागमा आंशिक बदली तथा बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।




















