गोरखा । गोरखा बजारमा गाडीले ठक्कर दिदा १ जना पुरुषको ज्यान गएको छ । ज्यान गुमाउनेमा सिरानचो गाउँपालिका–२ घर भएका शिव मजाकोटी भएको गोरखा प्रहरीले जनाएको छ ।
केही समयदेखी गोरखा नगरपालिका–७ को नयाँबजार बस्दै आएका मजाकोटीलाई सोही वडाको कालोबर सडक खण्डमा ना ४ च ८३९१ नम्बरको बोलेरो जिपले ठक्कर दिदा गंभिर घाईते भएका थिए ।
घाईते मजाकोटी गोरखा अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । घटना सोमबार बिहान ९ः३० बजे भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको हो ।
घटनामा संलग्न सवारी र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।



