गाेरखा । चितवनकाे रत्ननगर नगरपालिका–९ टिकौली जंगलमा मङ्गलबार साँझ बस र कार एकआपसमा ठोक्किँदा ३ जना गाेरर्खालीहरु घाईते भएका छन् ।
इलाका प्रहरी कार्यालय रत्ननगरका अनुसार नारायणगढबाट टाँडीतर्फ जाँदै गरेको ना ३ ख ९९८६ नम्बरको मिनिबस र विपरीत दिशाबाट आइरहेको BAB ५००८ नम्बरको कार एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परी गाेरखा जिल्ला गण्डकी गाउँपालिका-५ का भोजराज कार्की, बारपाक सुलिकाेट गाउँपालिका-३ का भोजराज काप्री र माईता गुरुङ घाईते भएकाे चितवन प्रहरीले जनाएकाे छ । उनीहरु सबैकाे चितवन स्थित भरतपुरमा उपचार जारी रहेकाे छ ।
साेही दुर्घटनामा परी बस चालक राप्ती न.पा.–२ का सुरज कडेल, चितवन रत्ननगर–७ का प्रभु नारायण महतो, उनका छोरा रियान महतो, , भरतपुर-१२ की शोभा आचार्य, उनकी छोरी सदिक्षा आचार्य समेत घाईते भएका छन् ।
दुर्घटनामा बसमा सवार चितवन रत्ननगर–१० निवासी ३३ वर्षीया पुजा सुबेदीको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न कार चालक काठमाडौं तारकेश्वर–१० निवासी ४४ वर्षीय सुवास भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरी अनुसन्धान सुरु गरेकाे जनाएकाे छ ।



