कावासाेती । मध्यविन्दु नगरपालिका–८ गडारखोला नजिक आज बिहान ६:३० बजे स्कुटर र तेल ट्याङकर ठोक्किँदा १ जनाको ज्यान गएको छ भने अन्य २ जना घाइते भएका छन् ।
चोरमाराबाट अरुणखोला तर्फ जाँदै गरेको लु ५५ प २९४८ नम्बरको स्कुटरलाई नारायणगढबाट बुटवल तर्फ जाँदै गरेको लु १ ख ६६३४ नम्बरको तेल ट्याङकरले ठक्कर दिएकाे कावासाेती प्रहरीले जनाएकाे छ ।
साे दुर्घटनामा परी स्कुटर चालक मध्यबिन्दु–१३ मैनाघाटका ४२ वर्षीय बिरबहादुर सिँजालीकाे ज्यान गएकाे प्रहरीले पुष्टी गरेकाे हाे ।
पछाडिका सवार चन्द्रबहादुर गाहा र समिरजंग कुमाल घाइते छन् । ट्याङकर चालक सल्यानका ४७ वर्षीय खलकराम भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेकाे जनाएकाे छ ।



