काठमाडाैं । आज देशका केही स्थानमा छिटपुट वर्षाको सम्भावना छ । देशैभरका अधिकांश स्थानकाे मौसम सफा रहेकाे जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा भने आंशिक बदली भएकाे छ । साथै यी क्षेत्रको केही स्थानमा फाटफुट वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हाे ।
तिहारको अवधिमा ठूलो पानी पर्ने सम्भावना छैन । भोलि पनि देशका पहाडी क्षेत्रमा आंशिक बदली र अन्य ठाउँको मौसम सफा रहने अनुमान छ ।
त्यस्तै पर्सि बुधवार पनि देशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने र कोशी तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
भाइटीकाको दिन बिहीवार पनि सबैजसो ठाउँमा मौसम सामान्यतया सफा रहने अनुमान छ । बिहीवार कोशी, मधेश र अन्य पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहने अनुमान छ । साथै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।



