काठमाडौं । गायिका नीतु पौडेलले आफ्नै जिउमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेकी छन् ।
शनिबार दिउँसो अनामनगस्थित रेकर्डिङ स्टुडियोबाहिर उनले आफ्नै जिउमा आगो लगाएकी हुन् ।
उनलाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएकाे छ ।
उनले आत्मदाहको प्रयास गर्नुको कारण भने थाहा नभएको ती प्रहरीले जनाएकाे छ ।



