गाेरखा । क्षतिपुर्तिकाे कुरा नमिल्दा चितवनकाे सडक दुर्घटनामा परेका पुस्तक ब्यवसायी संघ गाेरखाका अध्यक्ष दामाेदर घिमिरेकाे शव आज ३ दिन हुदासम्म पनि उठन सकेकाे छैन । बिहीबार दुर्घटनामा परेका घिमिरेका आफन्त र बस ब्यवसायी बिच सहमती हुन नसक्दा घिमिरेकाे शव उठन नसकेकाे हाे ।
घिमिरेलाई भरतपुर महानगरपालिका-१ रामनगरस्थित सडकमा बा.प्र.०१-००१ प १६८४ नम्बरको बसले १२:४५ बजे ठक्कर दिदा बिहीबार ज्यान गएकाे थियाे ।
चितवनमा रहेकाे भाईकाे घरबाट गाेरखा तर्फ फर्कने क्रममा उनी चढेकाे ग.२० प ८५५९ नम्बरको स्कुटरलाई बिहीबार दिउँसो ठक्कर दिँदा घिमिरे गंभिर घाईते भएका थिए । उनकाे उपचारकै क्रममा दिउसाे १:३५ बजे निधन भएकाे थियाे ।
बस ब्यवसायी र घिमिरेका आफन्त बिच हिजाे शुक्रबार चितवनकाे भरतपुरमा रहेकाे प्रहरी कार्यालयमा बार्ता भएकाे थियाे । बार्तामा क्षतिपुर्तिकाे बारेमा सहमती हुन नसकेपछी पुन: आज बार्तामा बस्ने सहमती भएकाे पारिवारीक स्राेतले जनाएकाे छ ।
घाइते घिमिरेको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा निधन भएको हो । बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घिमिरेकाे शवलाई अहिले पाेष्टमार्टमकालागि भरतपुरकाे सरकारी अस्पतालमा राखिएकाे छ ।
बिगत लामाे समयदेखी घिमिरेले गाेरखा बजारमा चिन्तन बुक्स एण्ड स्टेशनरी पसल सञ्चालन गर्दै आएका थिए । संघकाे गाेरखा शाखा, गण्डकी प्रदेश र केन्द्रे बिज्ञप्ती जारी गर्दै उचित क्षतिपुर्ति दिन र घिमिरेकाे निधन प्रति गहिराे समावेदना ब्यक्त गरेकाे छ ।
यसै बिच साेही बिषयलाई लिएर हिजाे गाेरखा बजारमा समेत समितिका कर्मचारी र आफन्त तथा छिमेकीहरुले बस काउन्टर बन्द गराउदा बिवाद भएकाे थियाे । बिवाद समाधानकाेलागी आज जिल्ला प्रहरी कार्यालय गाेरखा दुवै पक्षलाई बार्तामा बाेलाएकाे पनि जिल्ला प्रहरी कार्यालय गाेरखाका प्रहरी प्रमुख प्रहरी उपरिक्ष भरत बहादुर बिकले बताए ।
रामनगरकाे प्रहरी चाैकी अगाडी भएकाे उक्त दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।



